२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

देउबाले एमाले फुटाउने अध्यादेश ल्याउन पक्का भएपछि एमालेमा यहि हप्ता हुदैछ यति ठुलो राजनीतिक परिबर्तन




काठमाडौं, १० साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीसँगको संघर्षलाई वार कि पार बनाउने गरी बढेका छन् । 

उनले आफूनिकटस्थ नेताहरुसँग शनिबार महत्वपूर्ण छलफल गरी राय सुझाव समेत लिइसकेका छन् ।


नेपालले पार्टी एकताका लागि ओलीले विगतका कदमप्रति माफी मागेर विज्ञप्ति जारी गर्नुपर्ने प्रस्ताव गरेका छन् । 

तर, ओलीले उल्टै नेपालले गल्ती गरेको भन्दै स्वीकारे आममाफी दिन सकिने निर्णय पार्टी बैठकबाट गराएका छन् ।


नेपाल र ओली दुवैले एक अर्कालाई दोषी भन्दै माफी माग्न भनेका छन् । तर, दुवै माफी माग्न तयार छैनन् । बीचको बाटो तय गरी पार्टी मिलाउन दोस्रो पुस्ताका नेताहरु लागेका छन् । तर, त्यो सफल भएको छैन ।



अब एमालेविवाद अल्झाइरहने पक्षमा ओली र नेपाल दुवै नभएको बुझिएको छ । केही दिनमै पार्टी केन्द्रीय कमिटी र संसदीय दलमा जतिसक्दो बढी सांसद आफू पक्षमा ल्याएर नेपाल निर्णयमा पुग्ने बुझिएको छ । 

सकेसम्म केन्द्रीय कमिटीमा बहुमत पुर्याएर नेपालले पार्टीमा पकड बनाएर ओलीमाथि कारबाहीको निर्णय गराउन खोजेका छन् । तर, त्यो सम्भव देखिएको छैन ।


नेपालले जतिसक्दो बढी केन्द्रीय सदस्य र सांसद बनाएर त्यही अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई दल विभाजनका लागि अनुकूल हुने अध्यादेश ल्याउन लगाउने तयारी समेत गरेको बुझिएको छ । 

सम्भवतः नेपाल पक्षमा २० देखि ३० प्रतिशत सांसद पुग्दैछन् । त्यही अनुसार यसै हप्ता दल विभाजन सजिलो बनाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्छ ।


Comments

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत