२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा





 साउन, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।


शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । 


‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।


नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।


अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने बस्नेतले बताए । उनले एमालेका मान्छेले भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि चुनौती दिए । ‘एमालेका मान्छे समातेर देखाउ, कहिँ भ्रष्टाचारी छन् भने प्रुभ गरेर देखाउ, होइन भने काँक्रो चोरे आफू खाने बियाँ अर्काको मुखमा लगाएर स्याल हुइयाँ गर्ने दिन सकिए’ उनले भने ।


नेता बस्नेतले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने कुरा आइरहेको भन्दै त्यसो गरेमा युथ फोर्सले तह लगाउने जिकिर गरे ।


मन्त्री बन्ने, फ्लाटदेखि घडेरी पाउने लोभमा एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई साथ दिएको उनको आरोप छ । उनले अघि भने, ‘अब मन्त्री खान कसरी खाुनुहुन्छ रु कि एमालेले सरकारलाई समर्थन गर्नुपर्छ कि एमाले छोड्नुपर्छ ।’


एमालेले सरकारलाई समर्थन नगर्ने र एमाले छाडे सांसद पद जाने भएकाले २२ जनाको मन्त्री बन्ने सपना पुरा नहुने बताए ।

२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले मत दिएका थिए ।

Comments

Popular posts from this blog

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत