२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश




नेपालका लागि पूर्व भारतीय राजदूत एवं विदेश सचिव श्याम शरणले यतिबेला काठमाडौंको राजनीतिक वर्ग र सर्वसाधारण भारतको रोजाइ प्रधानमन्त्री केपी शर्मा ओली नै हो भन्नेमा विश्वत रहेको बताएका छन् ।


दि इन्डियन एक्सप्रेसमा एक लेख प्रकाशित गर्दै उनले पूरै नेपालको जनमतको बुझाइ यस्तो नभए पनि काठमाडौंको राजनीति र जनमत यसमा विश्वस्त रहेको उल्लेख गरेका हुन् ।





राजदूत श्याम शरणले ओलीले नयाँदिल्लीमा रहेको भारतीय जनता पार्टीको सरकारसँग नेपाललाई राजतन्त्रको मातहतमा हिन्दु राष्ट्रमा पुनःस्थापना र चीनलाई किनारामा राख्ने वाचा गरेको बुझाइ नेपालमा रहेको पनि उल्लेख गरेका छन् । भारतले नेपालमा राजतन्त्र फर्काउन चाहेको हल्ला पनि चलेको उनले उल्लेख गरेका छन् ।

भारतको राष्ट्रिय स्वयंसेवक संघ र अन्य हिन्दु नेताले नेपालमा राजतन्त्र फर्काउन सहयोग गर्न भनी दिएको अभिव्यक्तिलाई यसको बलियो प्रमाणको रुपमा लिइएको समेत उनले जनाएका छन् । साथै, पूर्व राजा ज्ञानेन्द्र शाहको कुम्भमेला भ्रमणले पनि यस्तो अन्दाजलाई बल पुगेको उनले उल्लेख गरेका छन् ।


उनले लेखमा भनेका छन,‘नेपालमा सन् २००२ देखि २००४ सम्म र पछि सन् २००४ देखि २००६ सम्म विदेश सचिव हुँदा नेपालको मामिलामा संलग्न हुँदा केही पाठकहरु सिकेको छु । त्यो बेलाको अबस्था भन्दा अहिलेको अबस्था फरक छ तर केही पाठहरु अहिले पनि अझै सान्दर्भिक छन् । उनले आफूले सिकेको कुरालाई लेखका तीन बुँदामा उल्लेख गरेका छन ।


पहिलो बुँदामा उनले भनेका छन, ‘नेपाली जनताले लामो र कठिन संघर्षपछि प्रजातन्त्र पाएका हुन् । त्यसैले भारतले नेपालको गणतान्त्रिक प्रजातन्त्रलाई बिनासर्त आफ्नो समर्थन गरेको घोषणा गर्नुपर्छ ।’


दोस्रो बुँदामा उनले भनेका छन्, ‘भारत नेपालसँग राजनीतिको सबै तहमा र सबै राजनीतिक वृत्तमा इनगेज हुनुपर्छ । भारतका प्रमुख स्वार्थहरु पुरा गर्नका लागि निरन्तर इनगेजमेन्टको आवश्यकता पर्दछ । नेपालको आन्तरिक मामिलाबाट टाढा रहने नीतिले चीन लगायत अन्य वैदेशिक शक्तिलाई प्रभाव जमाउन सजिलो हुन्छ भनेका छन ।’


तेस्रो बुँदामा उनले भनेका छन, ‘भारतको नेपालसँगको सम्बन्धमा तराई बेल्ट र यसको ठूलो मधेशी जनसंख्याले महत्वपूर्ण र अपरिहार्य भूमिका खेल्छ भनेका छन ।


भारतले नेपालमा के भइरहेको छ भन्ने राम्रो मूल्याङ्कन गर्नुपर्ने र भारतको हित कसरी हुन्छ हेर्नुपर्नेमा जोड दिएका छन् ।

Comments

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

देश बनाउन हिम्मत चाहिनछ हिम्मत