२२ गते अघिनै नेकपा एसमा ठूलो भुकम्प जाँदै, माधव नेपालको भित्री डिजाइन बुझे पछि खैलाबैला

Image
परमादेश बाट प्रधानमन्त्री बेनेका शेरबहादुर देउवाले ल्याएको अध्यादेशमा टेकेर नेकपा एमाले विभाजन गराएका माधव कुमार नेपालले २३ गते यता मन्त्रीरिषद विस्तार हुँदैन भनेर किन भने भन्ने कुराको रहस्य बल्ल खुल्दैछ । प्रदेशसभाका सांसद र स्थानिय तहका जनप्रतिनिधीले एमाले वा नेकपा एस पार्टी मध्ये एक रोज्नका लागी भदौ २२ गते सम्मको समय सिमा निर्वाचन आयोगले दिएको छ । नेकपा एसका अध्यक्ष माधव नेपालकै आग्रहका देउवाले २३ गते सम्म मन्त्रीपरिषद विस्तार नगर्ने भएका छन् । यसको कारण भने रोचक छ । भदौ २२ गते पछि एमाले वा नेकपा एस कसैले पनि रोज्न पाउँदैन त्यस लगत्तै सरकारले अहिले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेश निस्क्रिय बनाउँने तयारी गरेको छ यसो हुँदा कसैले पनि पार्टी विभाजन गर्न पाउँदैन । पार्टी फुटाउन नपाउँने भए पछि माधव नेपालले आफुले मन लागेका मान्छेलाई मात्र एकलौटी मन्त्री बनाउँने तयारी गरेका छन् । सबैभन्दा धेरै विचल्ली देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने बेला एकाएक केपी ओलीलाई धोका दिएर जाने ८ जनाको हुने बताइएको छ । सुरुमा उनीहरु मध्येबाट कम्तीमा ३ जनालाई मन्त्री बनाउँने बचन माधव नेपालले दिएका थिए

नेपालमा मोबाइल ब्यापारले नयाँ रेकर्ड राखेपछि ...









११ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७र०७८ मा मोबाइल आयातमा दोब्बर वृद्धि भएको छ । २०७७ साउनदेखि २०७८ असारसम्म मात्रै ७० लाख ३० हजार मोबाइल सेट आयात भएको छ । भन्सार विभागका अनुसार यो नै हालसम्मको सबभन्दा ठूलो परिमाणको मोबाइल आयात हो ।


आव ०७६र७७ को भन्दा यो परिमाण २६ लाख ६५ हजार बढी हो । सो वर्ष ४३ लाख ६५ हजार वटा मोबाइल सेट आयात भएको थियो । त्यसअघि आव ०७५र७६मा ४२ लाख ७५ हजार वटा मोबाइल सेट आयात भएको थियो ।





गत आव ०७७र७८ मा आयात भएको मोबाइलको मूल्य ३६ अर्ब ९० करोड रुपैयाँ हो । 

आव ०७६र७७ मा १८ अर्ब १७ करोडको मोबाइल आयात भएको थियो । आव ०७५र७६मा १९ अर्ब २७ करोडको मोबाइल आयात भएको थियो ।


आव ०७७र७८ मा मोबाइल सेटबाट ५ अर्ब ८४ करोड रुपैयाँ भन्सार राजस्व संकलन भएको छ । यो भन्सार राजस्व अघिल्लो वर्षको भन्दा दोब्बर हो । आव ०७६र७७मा मोबाइल आयातबाट सरकारले २ अर्ब ८७ करोड राजस्व असुल गरेको थियो । आव ०७५र७६मा भने यस्तो राजस्व ३ अर्ब ५२ करोड रुपैयाँ थियो ।


नेपाल मोबाइल व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम बस्नेत यो वर्ष स्मार्ट फोनको ब्यापार बढेको बताउँछन् । ‘कोराना महामारीपछि स्मार्टफोनको ब्यापार सप्रियो,’ उनी भन्छन्, ‘सामान्य खालका बार फोन छोड्ने र स्मार्टफोन रोज्नेहरु बढेकाले आयात स्वभाविक रुपमै बढ्यो ।’


महामारीले सिर्जना गरेको बाध्यात्मक परिस्थितिका कारण सस्ता मोबाइल किनिरहेकाहरु पनि मध्यममा ‘अपग्रेड’ भएको उनी बताउँछन् । 

आयातको मूल्य दोब्बर हुँदा पनि संख्या दोब्बर नहुनुले मान्छेहरु विगतको भन्दा केही महँगो फोनमा आकषिर्त भएको देखाउने बस्नेतको तर्क छ ।


२०७७ चैतबाट सुरु भएको लकडाउन १ असारमा खुलेलगत्तै मोबाइल बजार उत्साहित भएको थियो । बजारमा सुरुमै फोन सेटको अभाव भएको थियो । व्यापारीहरुका अनुसार मोबाइल किन्न पसल पुग्नेको संख्या त्यसपछि कहिल्यै घटेन । अफ सिजनमा मानिने हालको वषरतको समयमा पनि मोबाइल पसलहरुमा भीड नै देखिन्छ ।


न्युरोडका मोबाइल पसले साधुराम बोगटी दशैंतिहारलाई मात्रै सिजन मान्ने अवस्था महामारीपछि अन्त्य भएको बताउँछन् । 


‘यस्तो वषरको समयमा पनि मोबाइलका ग्राहकको कमी छैन,’ उनले भने, ‘कुनै(कुनै ब्रान्डका केही मोडलका सेटको त माग नै धान्न सकिएको छैन ।’


बोगटीका अनुसार, बजारमा अहिले रु।१५ हजारदेखि ३५ हजार रेन्जका मोबाइल सेटको माग उच्च छ । महामारीपछि विभिन्न कम्पनीले मध्यम रेन्जका नयाँ र अपग्रेडेड मोडलहरु सार्वजनिक गरिरहेका छन् ।

Comments

Popular posts from this blog

एमाले नेता महेश बस्नेतको यस्तो घोषणा

ओलीले हामीलाइ ठुलो सहयोग गरेकाले हामीपनि सहयोग गछौँ भन्दै भारतबाट आयो यस्तो सन्देश

देश बनाउन हिम्मत चाहिनछ हिम्मत